प्रधानमन्त्री ओलीले भने, लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउँ जहाँ चिरबिर चरा कराउन, शितलता होस्

विश्वलाई शान्तिको सन्देश दिने नेपालमा अब अशान्ति हुनछैन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउन आग्रह गरेका छन् । बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा बोल्दै ओलीले लुम्बिनीलाई लुम्बिनी जस्तै बनाउँ जहाँ ‘चिरबिर चरा कराउन, सितलता होस् ।

उनले भने, आज बिहान थाई बिहारमा जाँदा मैले त्यस्तो पाएँ । तर बाहिर आए ठिग्रिंङ्ग सिसौका रुख देखिन्छ । अब सिसौ रुख रोप्न छाडौं, उनले भने ।

आफूले फलफुलका २५६३ विरुवा रोप्ने अभियान शुरु गरेको भन्दै अन्य बिरुवा नलगाउन समेत आग्रह गरेका हुन् । लुम्बिनी पवित्रस्थल भएपछि स्वस्छ, सफा हराभरासँगै ज्ञान आत्मसाथ गर्न लायक हुनुपर्ने उनले बताए ।

मुलुकमा शान्ति कायम गर्दै विश्वमा सन्देश फैलाउने काम नेपालले गर्ने बताए भन्दै विश्वलाई शान्तिको सन्देश दिने नेपालमा अब अशान्ति नहुने दाबी समेत गरे ।

शान्ति प्रक्रियालाई समेत छिट्टै टुंगोमा लगाइने उनले बताए। कथमकदापि शान्ति खलबलिहालेमा पनि आफैँ समाधान गर्ने क्षमता नेपालको रहेको सन्देश विश्वभर गएको उनले बताए। ‘दुनियालाई शान्तिको मार्गमा आउन उत्प्रेरित गरिराखेको छ, त्यो मुलुकमा अशान्ति हुने छैनु ओलीले भने । 

प्रधानमन्त्री ओलीले बुद्ध जयन्ती अन्र्तराष्ट्रिय रुपमा स्थापित भएको भन्दै आफू भियतनाम र कम्बोडियामा जाँदा बैशाख दिवस आयोजना गरेको भेटेको बताए ।

ओलीले बुद्धको जन्मथलो कहाँ भन्ने कुरा लामो समयसम्म अन्योल रहे पनि अब त्यस्तो कुनै भ्रम नभएको बताए। सम्राट अशोकले राखिएदिएको स्तम्भले लुम्बिनी नै बुद्ध जन्मिएको प्रमाण दिएको भन्दै ओलीले अशोक सम्राटलाई धन्यवाद समेत दिए।

स्वार्थको टकराव, हतियार निर्माणको होड चलिरहेको विश्वका विकसिमत मुलुकमा बुद्धका शिक्षाहरु पुर्याउन आवश्यक रहेको उनले बताए ।

ओलीले संयुक्त राष्ट्रसंघका दोस्रा महासचिव उ थान्तलाई धन्यवाद समेत दिए। ‘लुम्बिनी विकासका लागि उथान्तले महत्वपूर्ण योगदान गर्नुभयोु, उनले भने, ‘विश्वका १२ राष्ट्रको संस्था मिलेर ४९ वर्षअघि बनेको संस्थालाई फेरि सक्रिय बनाउन लागेको छु।’

आफ्नो अघिल्लो कार्याकालयता लुम्बिनी विकास गुरुयोजनाको निर्माणले तीव्रता लिएको प्रधानमन्त्री ओलीले दावी गरे। ‘मेरो सरकार बनेपछि लुम्बिनी विकासले गति लिएको छ, उनले भने ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...