प्रधानमन्त्री ओली तिलौराकोटमा, आज लुम्बिनी भ्रमण वर्ष घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम समुद्घाटन कार्यक्रममा सहभागी हुन तिलौराकोट पुगेका छन् । प्रधानमन्त्री शुक्रबार साँझ सवा ६ बजेतिर तिलौराकोट आइपुगेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले शुक्रबार बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका छन् । त्यसक्रममा उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले पनि प्राथमिकतामा राखेको बताए । 

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए । विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ । वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए । 

प्रधानमन्त्रीसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, नेकपाका महासचिव विष्णु पौडेल पनि तिलौराकोट आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...