चरिकोटबाट काकटभिट्टासम्म बस सेवा सुरु

दोलखा । सदरमुकाम चरिकोटबाट काँकडभिट्टासम्म बस सेवा सुरु भएको छ । राजधानीबाट दोलखा र दोलखाबाट सिन्धुली हुँदै बर्दिबाससम्म यातायात सेवा सञ्चालन गर्दै आएको रोल्वालिङ यातायातले चरिकोटदेखि काँकडभिट्टासम्म पनि बस सेवा सञ्चालन गरेको हो ।

रोजगारिको सिलसिलामा छिमेकी देश भारत गएका र पूर्वी जिल्लामा रहेका जिल्लावासीको सुविधालाई मध्यनजर गर्दै बस सेवा सञ्चालन गरेको रोल्बालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्यले बताए । काठमाडौंबाट धेरै लामो पर्ने तर चरिकोटबाट यात्रा छोटो पर्ने समेत अध्यक्ष बताउछन् । 

बस दिउँसो २ बजे चरिकोटबाट काँकडभिट्टाका लागि छुट्ने र सोही दिन दिउँसो ३ बजे काँकडभिट्टाबाट चरिकोटका लागि बस छुट्ने आचार्यले बताए ।

चरिकोटबाट रोल्बालिङ, अरनिको र बिपी यातायातका बसहरू पालैपालो सञ्चालन हुने र काँकडभिट्टाबाट मेची यातायातका बसहरू पालैपालो चरिकोटका लागि छुट्ने उनले बताए ।

 आचार्यले भने, ‘चरिकोटदेखि काँकडभिट्टासम्मको भाडा तत्कालका लागि ११ सय रुपैयाँ तोकिएको र किलोमिटर हेरेर छिट्टै भाडाको समायोजन हुन्छ ।’

एक कार्यक्रमका बीच बुधबार रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्यले चालकलाई खादा लगाएर काँकडभिट्टाका लागि बिदाइ गरेका थिए ।

 बस सञ्चालन भएपछि पर्यटकीय जिल्ला दोलखामा पर्यटकहरू बढ्ने र जिल्लाको व्यापार व्यवसायमा वृद्धि हुने आशा स्थानीयहरूको रहेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...