कक्षा ११ को मौका परिक्षा दिन गएकी युवती कोठामा मृत अवस्थामा फेला

बैतडी । बैतडी कक्षा ११ को मौका परिक्षा दिन गएकी युवती कोठामा मृत अवस्थामा फेला परेकी छन् ।  बैतडीमा  मेलौली नगरपालिका-७, बनालीमा १८ वर्षीय किशोरीको शव फेला परेको हो ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणि गिरीले बताए ।

घटनास्थल खानतलासीका क्रममा युवतीको कोठामा प्रशान्त क्षेत्रीको पर्स भेटिएपछि सो आधारमा शंकास्पद देखिएपछि ती युवकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता लगायतका अन्य कागजपत्रहरु फेला परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...