विभिन्न विधेयकहरुप्रति आपत्ति जनाउदै पत्रकारहरुले आज देशभरी प्रदर्शन गर्ने

काठमाडौं । संचार सम्वन्धी विभिन्न विधेयकहरुप्रति आपत्ति जनाउदै पत्रकारहरुले आज देशभरी प्रदर्शन गर्ने भएका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संघसंस्थाहरुद्धारा पुर्वनिर्धारित कार्यक्रम अनुसार पत्रकारहरुले आज प्रदर्शन गर्ने भएका हुन् ।

देशभरका सवै जिल्ला सदरमुकाम र राजधानीहरुमा पत्रकारहरुले प्रदर्शन गर्र्न लागेको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक, बिज्ञापन सम्बन्धि बिधेयक र सूचना प्रबिधी बिधेयक फिर्ता लिन माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।

पुर्वघोषित कार्यक्रम अनुसार पत्रकारहरुले कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्र्ने, संचार मन्त्रीलाई बहिस्कार गर्ने, सरोकार पक्षबीच बृहद छलफल गर्ने लगायतका कार्यक्रमहरु गर्दै आएका छन् ।

महासंघले भोली काठमाडौंमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा संचार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरेको छ ।

प्रेस काउन्सील सम्वन्धी नयाँ विधेयकमा पत्रकारलाई समाचार लेखेकै कारण एक करोड सम्म जरिवाना हुने र १५ बर्ष सम्म जेल सजाय हुनेलगायतका व्यवस्था रहेकाले सरकार र विधेयकको सर्वत्र विरोध भइरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...