बैंक ग्यारेन्टी बसेपछि रिहा भए अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक

नेपाल बंगालादेश बैंकले दियो ७८ लाखको ग्यारेन्टी

बैंक ग्यारेन्टी बसेपछि रिहा भए अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक

काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक धरौटमिा रिहा भएका छन् । 

बुधबार विशेष अदालतमा हाजिर भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ७८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि नेपाल बंगालादेश बैंक ग्यारेन्टी बसेको थियो ।

पाठक अदालतले उपस्थित हुन पठाएको म्यादभित्रै उपस्थित भएका हुन् । उनी बिहान ९ बजे विशेष अदालत गएका थिए । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजालसमा उनले बयान दिएका थिए ।

पाठकलाई घुस दिने भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने अझै फरार छन् । पाठकविरुद्ध अख्तियारले गत १२ चैत २०७५ मा मुद्दा दर्ता गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झ्याल नजिकै यौनसम्पर्क गरिरहेको एक जोडी उत्तेजित हुँदा नवौँ तलाबाट खस्यो

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक भवनको नवौं तल्लामा आत्मीय क्षण बिताइरहेको एक जोडी भु...