नेपाल भ्रमण वर्ष सफल पार्न पर्यटन क्षेत्रको पहिचान गरिदैँ

प्यूठान ।  प्रदेश ५ सरकारले सन् २०२० लाई लुम्बीनी भ्रमण वर्षको रुपमा मनाउने गरी कार्यक्रम शुभारम्भ गरेको पाँच नम्बर प्रदेशका सासद कृष्णध्वज खड्काले बताए ।

मंगलबार प्यूठानको खंलगामा भएको एक कार्यक्रममा उनले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको हुँदा जिल्ला जिल्लामा भ्रमण वर्ष मनाउँन बिभिन्न कार्यक्रमको तयारी भइरहेको बताएका हुन् ।

उनले पाँच नम्बर प्रदेशमा रहेको प्यूठानको स्वर्गद्धारीलाई मुख्य गन्तव्य र पर्यटनको क्षेत्र चिनाउन  यसलाई केन्द्रमा राखेर भ्रमण वर्ष अगाडी बढाउनु पर्ने बताए । 

प्यूठानमा भएका ७ वटा गाउँपालिका २ वटा नगरपालिका गरी ९ वटा स्थानीय तहमा एक, एक वटा पर्यटनका ठाँउहरु लाई पर्यटनको रुपमा बिकास गर्न प्रस्ताव गरी भ्रमण वर्ष सफल बनाउनु प्यूठान उद्योग बाणिज्य सघं, नेपाल पत्रकार महासघं प्यूठानले सयुक्त रुपमा अबधारणा, छलफल, तथा प्रचार प्रसारमा जुटेको प्यूठान उद्योग बाणिज्य सघंका अध्यक्ष केदारमान कक्षपतिले बताए । 

जिल्लाका पर्यटन क्षेत्रको पहिचान गरी स्थानीय समुदायको आर्य आर्जन बढाउन मद्दत पुग्नुका साथै समग्र बिकास हुने हुँदा, प्रचार प्रसार गरी भ्रमण वर्षमा सञ्चार क्षेत्र पनी जुटन खोजेको नेपाल पत्रकार महासघं जिल्ला शाखा प्यूठानका निःबर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीले बताए ।

जिल्लामा रहेका कृषि उत्पादन, धार्मिक, साँस्कृतिक, सामाजिक लगायतका पक्षहरुको पहिचान गरी विकास गर्न र नेपाल सरकारले लिएको भ्रमण वर्षलाई सफल पार्न सबै एकताबद्ध भएर लाग्न सबै सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्यूठान उद्योग बाणिज्य सघं र नेपाल पत्रकार महासघं जिल्ला शाखा प्यूठानको सयुक्त आयोजनामा जिल्लाका सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीको सहभागीतामा प्यूठानको खंलगामा भएको कार्यक्रममा भ्रमण वर्ष मनाउने कार्यक्रमको अन्तरकृयाबाट शुभारम्भ गरिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...