हातमा पट्टी बाँधेर काम गर्दै पत्रकारहरु

काठमाडौं । नेपालका पत्रकारहरुले मंगलबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । सरकारले हालै संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धी ऐनमा आचारसंहिता उलंघन गरे २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख गरिएको छ । 

नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरेको अवस्थामा हालै पेस गरिएको सो ऐनमा उल्लेख गरिएका बुँदाहरु संविधान विपरित भएको भन्दै त्यसलाई सच्याउन माग गर्दै पत्रकारहरु आन्दोलनमा छन् । 

आन्दोलनकै क्रममा नेपाल पत्रकार महासंघको आब्हानमा मंगलबार देशभरका पत्रकारहरुले कार्यक्षेत्रमा खटेको समयमा हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हानमा धनकुटाका पत्रकारहरुले कालो पट्टी हातमा बाँधेर काम गरेको नेपाल धनकुटाका सचिव विदुर खवासले बताए । 

मंगलबार नै महासंघले सबै प्रदेशमा र केन्द्रिय कार्यालयको आयोजनामा काठमाडौंमा कार्यक्रम गरेको छ । महासंघका महासचिव रमेश बिष्टका अनुसार महासंघले आइतबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुमा र केन्द्रमा नयाँ बानेश्वरको संसद भवनको गेटमा स१चार सामाग्रीसहित प्रदर्शन गरिने छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...