७८ लाख घुस प्रकरणका अभियुक्त पाठक विशेष अदालतमा हाजिर

काठमाडौँ । ७८ लाख भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक आज बुधबार विशेष अदालतमा हाजिर भएका छन्  ।

अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासमा चलिरहेको छ ।

पाठक अदालतले उपस्थित हुन पठाएको म्यादभित्रै उपस्थित भएका हुन् । उनी बिहान ९ बजे विशेष अदालत गएका थिए । ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो ।

आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...