कामिरिता शेर्पाद्धारा २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान कायम

२५ पटक चुचुरोमा टेकेपछि विश्राम लिन्छु

काठमाडौँ । कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेका छन्  आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताएका छन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । सक्न त अक्सिजनको सहायतामा म ६० वर्षसम्म पनि हिमाल चढ्न सक्छु । तर एउटा बिन्दुमा पुगेर रोकिनुपर्छ उनको भनाइ छ । कम्तीमा २५ पटक चढेँ भने मैले रजत महोत्सव मनाउन सक्छु । 

सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा १६ शेर्पाले ज्यान गुमाएपछि उनले आरोहण त्याग्ने मनसाय व्यक्त गरेका थिए । तर हिमालसँगको पुरानो नाताले केही महिनामै उनको मन बदलियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...