मेयर चढ्ने जीपमा बिहानै आगजनी, जीप पूर्णरुपमा नष्ट

अछाम । बुधबार बिहानै अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

नगरपालिका परिसरमै पार्किङ गरी राखिएको प्रमुख चढ्ने बा २ झ ३६९४ नम्बरको जीपमा आगजनी गरिएको हो ।  जीप एक बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो ।  

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जीपमा बुधबार बिहान सवा २ बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले बताए । आगजनी गर्नेहरुको खोजी भइरहेको डिएसपी शाहीले बताए । 

स्थानीयले प्रहरीलाई गाडीमा आगजनी गरिएको जानकारी प्रहरीलाई गराएका थिए । जानकारी पाएपछि आफू स्वंयमा  घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । 

सार्वजनिक सम्पतिमा नष्ट गर्ने निन्दनीय काम भएका नगर प्रमुख पदम बोहराले बताए । उनले सार्वजनिक सम्पतिमा क्षति गर्ने दोषीलाई उम्कन नदिने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...