समायोजनको माथापच्चीपछि खुल्ने भयो लोकसेवा, जेठ मसान्तभित्रै बिज्ञापन हुने

काठमाडौं । कर्मचारी समायोजनको बहानामा पटक पटक साँरिदै आएको लोकसेवाको विज्ञापन अब भने खुल्ने पक्कापक्की भएको छ ।

कर्मचारी समायोजनसँगै बन्नुपर्ने प्रशासनसम्बन्धी कानुन बन्न नसक्दा कर्मचारी प्रशासनमा अन्योलसमेत सिर्जना भएको थियो । तर सरकारले कर्मचारी प्रशासन सम्बन्धमा आवश्यक पर्ने सबै कानुन बनाउने गृहकार्य अघि बढाएसँगै तत्काल लोकसेवा आयोगले विज्ञापन खुलाउने तयारी थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका स्थानीय तहबाट रिक्त कर्मचारीहरुको विवरण संकलन गरी आजभोलीमै लोकसेवा आयोगमा पठाउने तयारी थालेको छ । मन्त्रालयले गत ८ वैशाखमा देशैभरका ७ सय ५३ स्थानीय तहलाई रिक्त विवरण पठाउन भनेको थियो । 

२० वैशाखसम्मको समयसीमा दिइएकोमा दैशभरका ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी पदपूर्तिका लागि विवरण पठाएका छन् । बाँकी तहलाई समेत पुन पत्राचार गर्ने मन्त्रालयको तयारी छ ।

देशैभरका स्थानीय तहबाट मन्त्रालयलाई प्राप्त भएको विवरणअनुसार सबैभन्दा बढी रिक्त पदको विवरण प्रदेश १ ले पठाएको छ । सो प्रदेशका स्थानीय तहबाट २ हजार ३ सय ४९ दरबन्दी माग भएको छ । सुदुरपश्चिम प्रदेशले १ हजार ३ सय ८४ रिक्त पदको विवरण मन्त्रालयमा पठाएको छ । प्रदेश २ ले १ हजार ७ सय ३२, प्रदेश ३ ले १ हजार ५ सय ८१ माग गरेका छन् ।त्यसैगरी प्रदेश नम्बर ५ ले १ हजार ८ सय ७२ जना, कर्णाली प्रदेशले ८ सय २८ जनाको रिक्त दरबन्दी पठाएका छन् ।

मन्त्रालयले गत चैत्र १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरेको थियो । जसअनुसार स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दी मध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । सोअनुसार अझै १६ हजार एक सय १८ कर्मचारी अपुग देखिन्छ ।

सङ्घमा कायम गरिएको ४८ हजार ४ सय ९ कर्मचारीको दरबन्दीमध्ये ४० हजार ७ सय ६९ र प्रदेशमा कायम २२ हजार दुई सय ९७ मध्ये १४ हजार छ सय ५९ कर्मचारीको समायोजन भएको छ । सङ्घमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ट सय ३८ कर्मचारीको पद रिक्त रहेको छ ।

स्थानीय तहबाट प्राप्त विवरण मंगलबार नै अद्यावधिक भइसकेको भए पनि प्रक्रियागत विषयहरू मिलाउन लो सेवा आयोगसहित मन्त्रालयका पदाधिकारीहरू बीच मन्त्रालयमा छलफल भएको जारी छ । थप छलफल पछि अन्तिम टुङ्गोमा पु¥याउने स्रोतले जनाएको छ । अब ढिलोमा जेठ मसान्तभित्रै बिज्ञापन खुल्नेगरी तयारी थालिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...