श्रीलङ्का आक्रमणको एक सातापछि अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध

काठमाडौँ ।  गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा दुई सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ । सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन ।

तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ । अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन् । श्रीलङ्कामा सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबै किसिमका अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको बीबीसीले उल्लेख गरेको छ ।

घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा नकाबबारे प्रस्ट उल्लेख छैन । तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ । श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन् ।

तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ । शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो । एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो ।









प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...