धनकुटा मा ४२६ जना महिलाको निःशुल्क क्यान्सर परीक्षण

धनकुटा । धनकुटा नगरपालिका–३ मा ४२६ जना महिलाको निःशुल्क क्यान्सर परीक्षण गरिएको छ। नेपाल अबुर्द रोग निवारण संस्था धनकुटा र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सर परीक्षण गरिएको हो। 

धनकुटा नगरपालिका–३ को भाषा माविको परिसरमा भएको शिविरमा स्थानीय महिलाहरुले पाठेघरसम्बन्धी क्यान्सर रोग परीक्षण गरेका हुन्। परीक्षणको रिपोर्ट आउन बाँकी रहेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्था धनकुटाका अध्यक्ष नारायणप्रसाद रिजालले जानकारी दिए ।  

वडा नम्बर ३ का अध्यक्ष विकास घिमिरेले महिलाको स्वास्थ्यमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। महिलाहरुले लाजका कारण शारीरिक स्वास्थ्य अवस्था चेकजाँच गराउन असहज महसुस गर्ने भएकाले घर आँगनमा गरिएको शिविरबाट धरै महिलाहरुले लाभ लिएको उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस