डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु २० बढी घाइते

डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा  २० बढी घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो । धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो । बस नम्बर खुलेको छैन।मृतकहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।

मृतकहरुको सनाखत हुन सकेको छैन । प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।   

 

प्रतिकृया दिनुहोस