काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानै भूकम्पको धक्का

नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प

काठमाडौं ।  धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो ।

भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।

ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ । २०७२ बैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर  ७.८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एक दिन बाँकी हुँदा  भूकम्प गएको हो ।

खानी विभागका महानिर्देशक तथा भूकम्पविद् डा. सोमनाथ सापकोटाले वैशाख १२ कै अघिल्लो दिन भूकम्प आउनु  संयोग मात्रै भएको बताए । यो नयाँ भूकम्प नभएको र चार वर्षअघिकै भूकम्पको परकम्प  भएको सापकोटाको भनाइ छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...