मुस्लिम समुदायको संरक्षण गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राई

इटहरी । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले मुस्लिम समुदायको अधिकार संरक्षणको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

मुस्लिम आयोगले मंगलबार सुनसरीको इटहरीमा आयोजना गरेको मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्धन र सशक्तिकरण कार्यक्रममा मुख्यमन्त्री राईले मुस्लिमहरुको हक अधिकार र सशक्तिकरणको लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षण संवैधानिक रुपमा भइसकेको दावी गर्दै राईले शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा मुस्लिम समुदायको सहभागिता आवश्यक रहेकोमा जोड दिए । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको आर्थिक, सामाजिक र भौतिक विकासमा आयोगले काम गर्ने बताए । उनले मुस्लिम समुदाय भित्रको लंैगिक हिंसा र असमानताको बिषयमा सबै मुस्लिमहरु एक भएर अगाडि बढ्नुपर्ने जोड दिए । 

मुस्लिम आयोगलाई प्रभावकारी बनाउने उपायबारे प्रदेश स्तरीय सुझाव संकलन गर्न गरिएको कार्यक्रममा प्रदेश नं. १ का मुस्लिमहरुले आ–आफ्नो सुझाव दिएका थिए । आयोगले पहिलो पटक आयोगको तर्फबाट सुझाव संकलन गरेको हो । कार्यक्रममा प्रदेश नं. १ का मुस्लिमहरुको सहभागिता थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...