राष्ट्रपति भण्डारीद्धारा जङ्गी अड्डा भवनको उद्घाटन

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् ।

भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो ।

भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति अहोरात्र खटिएका थिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड विनियोजन गरेको थियो ।

उद्घाटनपछि आयोजित समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार पुनःनिर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने दृष्टान्तका रुपमा जङ्गी अड्डा भवन निर्माण भएको बताए ।

रक्षामन्त्री पोखरेलले भने,“राष्ट्रिय महत्वका विभिन्न राजमार्गको निर्माण समयमै सम्पन्न गरेर राज्यले दिएको जिम्मेवारीलाई सेनाले समयमै पूरा गर्दै आएको छ, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका घटनापछिका उद्धार र राहतका काममा पनि सेनाले क्रियाशील र जिम्मेवार ढङ्गबाट कार्यसम्पादन गरेको हुँदा सबैबाट प्रशंसा र धन्यवाद पाउँदै आएको छ ।”

 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...