साकेला गाउँपालिका–३ का वडाध्यक्ष राईको निधन

खोटाङ । खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नं.३ का वडाध्यक्ष र मणिकुमार राईको निधन भएको छ । निमोनियाका कारण बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ निधन भएको हो । छाती दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने समस्याबाट बिरामी भएका राईको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । 

राई तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । राई साकेला गाउँपालिकाको कार्यपालिका सदस्य एबं सामाजिक बिकास समितिका संयोजकको भूमीमाका थिए ।

२०५४ सालमा अनेरास्ववियू सिद्धेश्वरी मावि खिदिमा इकाई कमिटिको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका राई अनेरास्ववियूका जिल्ला सदस्य, तत्कालीन एमालेका गाउँ कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । राईका श्रीमती र दुई छोरी छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...