ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमान्को हत्या गरेकी छिन् । रैनादेवी छहराकी  ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।


श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


अर्घाखाँची घर भई ससुरालीमा आएका बेला श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको मृत्यु भएको हो । मंङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...