बाँकेको एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा कराेड बराबर क्षति

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो । 

आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति पुगेको अनुमान गरेका छन् ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...