प्रधानमन्त्री रोजगार कार्यक्रमः तीन तहका सरकारबीच समझदारी हुने

निजी, सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगार दिने

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समझदारी (एमओयू) हुने भएको छ । समझदारीका लागि मन्त्रालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

वैशाख २० गते प्रदेश नं १ को विराटनगर र गण्डकी प्रदेशको पोखरा, २१ गते प्रदेश नं २ को जनकपुर, २२ गते प्रदेश नं ३ को काठमाडौँ, २३ गते प्रदेश नं ५ को बुटवल, २४ गते कर्णाली प्रदेशको सुर्खेत र २५ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा त्रिपक्षीय समझदारी गरिनेछ ।

श्रम मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित प्रदेशका स्थानीय तहबीच प्रदेशगत रुपमा समझदारी गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । समझदारी पत्रमा श्रम मन्त्रालयका उच्चअधिकारी, प्रदेशको सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुख÷अध्यक्षले हस्ताक्षर गर्नेछन् ।

कार्यक्रमअन्तर्गत सार्वजनिक विकास निर्माणका क्षेत्रलगायत निजी, सरकारी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य गरी ती क्षेत्रमा बेरोजगार युवालाई रोजगारी दिने लक्ष्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...