भारतमा लोकसभा चुनाव अन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं । लोकसभा चुनाव अन्तर्गत आज भारतमा तेस्रो चरणको मतदान हुँदैछ । १४ राज्य र केन्द्रशासित प्रदेश अन्र्तगत आज १ सय १६ सिटका लागि बिहानैदेखि मतदान जारी छ । तेस्रो चरणको चुनावमा आज भारतको मुख्य राज्य गुजरात र केरलमा मतदान भइरहेको छ । 

७ चरणमा भएको लोकसभा चुनावका लागि आज भारतको दुई मुख्य दल भारतीय जनता पार्टी  र कांग्रेस अध्यक्षका साथै केन्द्रिय मन्त्रीहरुको लागि पनि मतदान भइरहेको छ । 

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह गुजरातबाट चुनावी मैदानमा हुुनुहुन्छ भने कांग्रेस अध्यक्ष राहुल गान्धी केरला राज्यको वायनाडबाट चुनावी मैदानमा हुनुहुन्छ । देश कै मुख्य दुई ठूलो दलका अध्यक्ष चुनावी मैदानमा भएका कारण पनि आजको मतदान निकै महत्वपूर्ण मानिएको छ । 

चुनावका लागि बिहानैदेखि मतदाताहरु मतदान केन्द्रमा पुगेका छन् । चुनावमा कुनैपनि अप्रिय घटना नहोस् भन्दै सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...