२२ पटक सर्वोच्च शिखर पुगेका कामिरिता शेर्पा भन्छन्, चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्न

काठमाडौँ । सगरमाथाको चुचुरोमा कामिरिता शेर्पाको जति धेरै पाइला अहिलेसम्म कसैको परेको छैन । गत वर्ष आफैँले बनाएको सर्वाधिक २२ पटक शिखर पुग्ने कीर्तिमान भङ्ग गर्न उनी यस पालि पुनस् सर्वोच्च शिखरतर्फ लाग्दैछन् । ४९ वर्षीय पर्वतारोहीले कामिरिता शेर्पा भने, म यत्तिमै हिमाल चढ्न रोक्दिनँ आउँदा केही वर्षसम्म चढिरहन्छु । प्राय सबैले कामिरितालाई सोधिरहने प्रश्न हो, यतिधेरै पटक सगरमाथा चढ्न कसरी सकिन्छ ?

उनले भनिन् निजी बाध्यता र बाध्यताले बनाइदिएको पेसा, हिमालप्रतिको लगाव र सम्मान हो । उनले सगरमाथा आफ्नो रहर नभएर बाध्यता र जीविकोपार्जनको माध्यम भएको स्वीकारे । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए । पहिला दुई वर्ष भने विदेशी आरोहीलाई असहज नहोस् भनेर उनलाई अग्रजहरूले चुचुरोमा जान दिएनन् ।

दुई वर्ष उनी आठ हजार आसपासमा रहेको चौथो शिविरसम्म मात्र पुगे । सन् १९९४ मा पहिलो पटक चुचुरोमा पुग्दाको उनको अनुभव बेग्लै छ । माथि पुग्दा मलाई ठूलै केही गरेजस्तो लागेन । तर त्यति बेला काम पाउनका लागि कम्तीमा एक पटक सगरमाथा चढेको हुनुपर्थ्यो । मलाई खुसी चाहिँ अब सजिलै काम पाइएला कि भनेर भयो । त्यति बेला सगरमाथा चढ्न खोज्न आरोहीहरू अहिलेजस्तो धेरै हुँदैनथे । कामिरिताका भनाइमा अहिलेजस्तो धेरै शेर्पाहरूलाई लगिँदैनथ्यो । त्यसैले काम पाउनु निकै हम्मेहम्मे थियो ।

कामिरिताको थामे गाउँमै एक्काइस पटक सगरमाथा चढेका आपा शेर्पा हुन् र १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका आङरिता शेर्पा समेत जन्मेका हुन् । तीन महिना अघिदेखि विभिन्न आरोहण चलाउने कम्पनीहरू धाउँदै काम खोज्न जान्थ्यौँ । कोसेलीका थाक टक्र्याउँदै कम्पनीका डाइरेक्टरहरूसँग गुहार र बिन्ती गर्दै काम खोज्थ्यौँ ।

उनले काम सुरु गर्दाताका हिमाल चढ्दा लगाइने र अन्य पोसाकका लागि ५० हजार रुपैयाँ र दैनिक भत्ता पाँच सय रुपैयाँ पाउँदा रहेछन् शेर्पाहरूले। त्यो बेलाको हेरेर त अहिले निकै सुख छ । त्यति खेर नेपालमा हतपत राम्रो ब्रान्डको लुगा किन्न पाइँदैनथ्यो ।

त्यतिखेर जुत्ताहरू निकै भारी हुन्थे । फिता बाँध्न नै एक घण्टा लाग्थ्यो। अहिले भने त्यस्तो छैन । एक्काइस पटक सगरमाथा चढेका आपा शेर्पा हुन् वा १० पटकसम्म बिनाअक्सिजन सर्वोच्च शिखर पुगेका आङरिता शेर्पा उनकै गाउँ थामेका अग्रज हुन् । दाइ आक्पारिता शेर्पा अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको तालिम लिने प्रारम्भिक नेपालीमध्ये हुन्। उनले अहिलेसम्म १७ पटक सगरमाथा चढिसकेका छन् । कामिरिता सन् १९९५ र आफ्ना क्लाइन्टुलाई लेक लागेपछि साउथ समिटबाटै उनी फर्केका थिए । सन् २०११ मा आफ्ना आरोहीको अक्सिजन मास्क बिग्रिएपछि आफ्नो दिएर पठाएका थिए ।

पूरै याममा ४० पटकसम्म शेर्पाहरू ओहोरदोहोर गर्नुपर्ने कामिरिता सुनाउँछन् । यसले शेर्पालाई सधैँ जोखिममा पार्छ। हिमालमा पनि आराम खोज्ने आरोहीहरूले गर्दा शेर्पाको काममा धेरै धपेडी हुन थालेको छ । हामीले आधार शिविरमा सम्याउँछौँ। क्याम्प टूसम्म घरमा जसरी कुर्सी बोक्छौँ। उनीहरूका खाना र अक्सिजनका बोतल ओसार्छौँ। तर शेर्पाले ज्यान फ्याँकेर दुस्ख गरेपछि विदेशीले सगरमाथा सहज छ भन्छन् ।

विदेशीहरूले त्यही शेर्पाको योगदानलाई लुकाएर आफूमात्र साहसी भन्ने देखाउँछन् । विदेशीमात्र नभएर सरकारले समेत शेर्पालाई सित्तैमा पाएको जस्तो व्यवहार गरको मा उनको दुस्खेसो छ । पर्वतारोहण उद्योग धानिरहेका शेर्पाहरू केही वर्षमा विस्तारै यो पेसाबाट हराउनेछन् त्यतिखेर सरकारले यसको मूल्य चुकाउनुपर्नेछ । हिमालमा शेर्पा नहुँदा अन्य आरोहीको आत्मबलमै समस्या हुने उनी ठान्छन् । त्यसका छिटफुट प्रभाव त अहिले नै पनि देखिन थालेका छन् ।

उनलाई आफ्नो परिचय र आरोहणको लागि पनि आन्दोलन गर्नुपर्दा सबैभन्दा बढी नमज्जा लाग्छ । दुई वर्षअघिसम्म नेपाल सरकारले सगरमाथा चढ्ने शेर्पालाई ुहाई अल्टिट्युड पोर्टरु भन्ने गर्थ्यो । पछि क्लाइम्बिङ गाइड हो हामी भनेर आन्दोलन गरेपछि अहिले सरकारले त्यस्तो मान्यता दिएको छ ।

शेर्पालाई त पर्वतारोहणको सेनाजस्तो सोच्नुपर्छ। सरकारले अबको दश वर्षपछि शेर्पाको महत्त्व थाहा हुन्छ तर त्यति बेला ढिलो भइसक्छ । त्यस बेलासम्म थुप्रै शेर्पाहरू यस क्षेत्र छाडिसकेका हुन्छन् । अहिले नै हेर्नूस्, पहिले हामी जागिरका लागि बिन्ती गर्दा पनि कम्पनीले दिँदैनथे । अहिले कम्पनीहरू आफैँ हत्ते गर्दै आउँछन् ।

अहिले नै पनि बिनाशेर्पा हिमाल चढ्ने अनुमति आरोहीहरूलाई दिइँदा अक्सिजन चोरी हुन्छ । सरकारी सम्पर्क अधिकृत आधारशिविरभन्दा माथि जान सक्दैनन् । त्यहाँभन्दा माथि नियमकानुन लागु गर्न शेर्पासँग समन्वयको विकल्प देखिँदैन । उनले त्यही पेसागत असुरक्षाका कारण आफ्ना एक छोरा र छोरीलाई आरोहणबाट पर राखेका छन् ।

प्रत्येक हिमालमा देवीको बास हुन्छ । वहाँलाई कसरी चित्त बुझाउने?तपाईँको शरीरमा पाइला टेक्नुपर्‍यो भनेर माफी माग्दै पूजा गर्छु । चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु । सगरमाथाको आनन्द भनेको आफ्नो आरोहणभन्दा पनि विदेशीको सफलतामा लाग्दो रहेछ उनलाई । आरोहणमा उनको कुनै रोल मोडल छैनन् । बरु उनका आफ्नै नियम र मान्यता छन् । भन्छन्( तालिम एउटा पक्ष भए पनि मिलनसार र सहयोगी स्वभाव सगरमाथामा महत्त्वपूर्ण हुन्छ। सकारात्मक सोच्नुपर्छ । रेकर्ड बनाउँछु भन्ने सोच नै थिएन। रेकर्ड छ भन्ने पनि थाहा थिएन। भएको भए त मैले अझै धेरैपटक चढिसक्थेँ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...