काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणाले बढ्यो

काठमाडौं । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको छ । 


काठमाडौं–दिल्लीका यात्रुलाई टिकट पाउनै गाह्रो भएको ट्राभल्स एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानबाट १६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक ५०० यात्रुको चाप अन्य वायुसेवामा परेको छ ।

 

एकसाता अघि ८ देखि ९ हजार सम्ममा पाइने टिकट अहिले करिब २८ हजार पर्न आउने देखिएको छ । 

प्रतिकृया दिनुहोस