चौतर्फी दवावपछि पत्रकार गिरी रिहा

Arjun giri

काठमाडौं । ठगीको समाचार लेख्दा साइबर अपराध मुद्दामा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी रिहा भएका छन् । नेपाल पत्रकार महासंघसहित विभिन्न पेशागत समुहले दवाव दिएपछि पत्रकार गिरीलाई रिहा गरेको हो ।

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा जिल्ला प्रहरी कार्यालय कास्कीले गिरीलाई पक्राउ गरी अनुसन्धानका लागि सोमबारै काठमाडौं ल्याइएको थियो ।

पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । गिरीले उनीहरुको जाहेरीलाई उधृत गर्दै श्रेष्ठबाट १ करोड ९८ लाख र पहारीबाट २ करोड २५ लाख रुपैयाँ बतासलाई ठगी आरोप लागेको समाचार लेखेका थिए ।

समाचार प्रकाशित भएपछि विपेन्द्रले साइबर अपराध मुद्दा हालेका थिए । सोमबार अदालतमार्फत पक्राउ पुर्जी आएपछि कास्की प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । गिरीलाई पत्रिका तथा अनलाइन दर्ता नगरेको आरोपसमेत लागेको छ । तर, पत्रिका र अनलाइन दुबै दर्ता गरेर वैधानिक र व्यावसायिक हिसाबले निष्ठाको पत्रकारिता गर्दै आएको गिरीको दाबी छ ।

प्रतिकृया दिनुहोस