बुद्धकृष्ण बाग श्रेष्ठले छेडे सातौंपटक आफ्नो जिब्रो

Jibro chedne chalan

भक्तपुर । प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सोमबार बुद्धकृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडेका छन् । मध्यपुर थिमिस्थित बोडेमा बैशाख २ गते हुने जात्रालाई निरन्तरता दिन बोडेका ४७ वर्षीय श्रेष्ठले जिब्रो छेडेका हुन् ।

जुजुभाई बासँ श्रेष्ठले ८ वर्ष जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका थिए । तर, दुई वर्षअघि जुजुभाइले श्रीमती र भाउजु बिरामी भएका कारण जिब्रो नछेड्ने घोषणा गरेपछि पुनः बुद्धकृष्णले नै जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका थिए ।

उनले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक जिब्रो छेडेका थिए । बोडेबासीका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नुपर्ने परम्परा रहेको यस जात्रामा जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन। अहिले जात्राको लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थान लगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।

किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङकालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरे । त्यसपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे ।

बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा पर्‍यो । भीमदत्तले लामो कपाल, लामो जिब्रोे, डरलाग्दो पिचास नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबरजस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिए ।

पिशाचको जिब्रोे छेडी बलेको महादीप काठकोे भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग,अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझै विभिन्न सातवटा वाचा गराई छाडिदिएको किम्बदन्ती छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...