नयाँ वर्षकै दिन क–कसले जागिरबाट हात धोए ? हेर्नुस् लिष्ट

Abakas 1

काठमाडौं । नयाँ वर्ष लागिसकेको छ । नयाँ वर्षको प्रारम्भ हुँदा खुसीयाली मनाउने चलन छ । तर, केही सरकारी कर्मचारीले भने नयाँ वर्षकै दिन ५६ जनाले जागिरबाट हात धुनु परेको छ भने दोस्रो दिन अर्थात् सोमबार १२ जना सरकारी सेवाबाट मुक्त भएका छन् ।

२०७५ सालमा उमेर हदका कारण १ हजार ८ सय ५८ जनाले अबकास पाइसकेका छन् भने आर्थिक वर्षमा अर्थात् २०७६ असार मसन्त सम्ममा २ हजार ८ सय ५ जनाले अनिवार्य अवकास पाउँदैछन् ।

यसरी सरकारी सेवाबाट हात धुनेमा कार्यालय सहायकदेखि सचिवसम्म छन् । आइतबार नै सरकारी सेवाबाट मुक्त भएकाहरु उमेर हदका कारण अवकास पाएका हुन् ।

नेपाल निजामती कितावखानाको अभिलेखअनुसार आइतबारबाट ५६ कर्मचारीले अनिवार्य अवकाश पाएका छन् । सोमबारबाट १२ ले अवकाश पाउँदै छन् ।

यसरी अवकाश पाउनेमा महालेखा परीक्षकको कार्यालयका निर्देशक कृष्णप्रसाद शर्मा, नेपाली राजदूतावास कुवेतका कन्सुलर लेखनाथ भट्टराई, जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतका सहायक जिल्ला न्यायाधिवक्ता झक्कलबहादुर थापा, कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक मतिप्रसाद भुसाल, पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर सुरेन्द्रकुमार झा सहितका छन् ।

खरिदार, लेखापाल, शाखा अधिकृत, पियन, हुलाकी, कुचीकार, वन रक्षक, जन्जिदार, अनमी, मुखिया लगायतले पनि आजैबाट अवकाश पाउँदै छन् ।

 

प्रतिकृया दिनुहोस