भरुवा बन्दुक पड्किँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

Varuwa banduk

सोलुखुम्बु । भरुवा बन्दुक पड्किदा सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका –४ मा आईतबार साझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा २० वर्षिय सुमन राईको मृत्यु भएको हो ।

बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउँदै गर्दा आइतबार राती बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...