बिस्केट अर्थात बिस्का जात्रा : साताैं पटक जिब्राे छेड्दै

बुद्धकृष्ण मूल जात्राको तयारी हुँदै

बिस्केट अर्थात बिस्का जात्रा : साताैं पटक जिब्राे छेड्दै

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्रामा साेमबार सिन्दुर खेल्ने र जिब्रो छेड्ने काम हुँदैछ ।

सिन्दुर खेल्दै ३२ जात्रा मनाएपछि साेमबार दिउँसो १ बजे बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेड्ने तयारी छ । उहाँले सातौँ पटक जिब्रो छेड्न लाग्नुभएको हो । भक्तपुरको बोडेमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो आइतबार बेलूकी ढालेपछि साेमबार जिब्रो छेड्ने चलन छ ।

गएको शुक्रबारदेखि भक्तपुर नगरपालिका भेलुखेलमा रहेको ल्यासिखेलमा तान्त्रिक विधीअनुसार उठाइएको लिङ्गो आइतबार पूजाअर्चना र दश कर्म विधान गरी ढालिएको थियो ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको थियो । यस्तै काठमाडौको टोखामा बिस्काः जात्रा अन्तर्गत अहिले स्थानीय पिगंद्यःलाई ताय्माः खलःले लावाको माला चढाएर मूल जात्राको तयारी हुँदैछ ।

मूल जात्रा अन्तर्गत साेमबार दिनभरी टोखा सम्पदा क्षेत्रभित्र आठ वटा देवी–देवताका खट्हरुको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । साेमबार नै स्थानीय सात जना बालबालिकालाई मरःजा प्रसाद पनि खान दिइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...