समिट एयर विमान दुर्घटनाकाे छानबिन गर्न समिति गठन

को-पाइलटले उडान गरेको आंशका

56580467 425169968259466 5260285380736843776 n

काठमाडौं । आइतबार बिहान साेलुखुम्बुकाे लुक्ला विमानस्थलमा भएकाे समिट एयरकाे विमान दुर्घटनाकाे सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेका हुन् । समितिमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरे सदस्यसचिव छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा रहेकाे लुक्ला विमानस्थलमा आइतबार बिहान भएकाे साे दुर्घटनामा २ जना प्रहरीसहित ३ जनाको मृत्यु भएको थियाे भने ४ जना घाइते भएका थिए ।

आइतबार बिहान ९:२२ बजेको समयमा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट '९-एन एएमएच' कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएकाे श्री एयरकाे र मनाङ एयरकाे '९-एन एएलसी' कल साइन हेलिकोप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।

विमान दुर्घटनामा पर्यटक प्रहरीका रुपमा लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का, इलाका प्रहरी कार्यालय लुक्ला दरबन्दी भई विमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ र समिट एयरका सहायक पाइलट काठमाडाैं चावहिल बस्ने वर्ष ३४ का सुजित ढुंगानाको मृत्यु भएको थियाे ।

दुर्घटनामा समिट एयरका पाइलट काठमाडाैं कालिमाटी बस्ने वर्ष ४९ का रवीनाथ रोकाय, मनाङ एयरको हेलीकोप्टरका क्याप्टेन कास्की रुपाटार-९ घर भई हाल ललितपुर भैंसेपाटी बस्ने वर्ष ४८ का चेतबहादुर गुरुङ गम्भीर घाइते भई हाल ग्राण्डी अस्पताल काठमाडाैंमा उपचार भइरहेकाे छ ।

सोही दुर्घटनामा मनाङ एयरका स्टेसन म्यानेजर खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ बस्ने वर्ष ४३ का लाक्पा छिरिङ शेर्पा र कर्मचारी वर्ष ५५ का श्याङबुचे कार्की सामान्य घाइते भएका छन्। उनीह्यरुकाे पनि काठमाडाैंमै रउपचार भइरहेकाे छ।

यसैबिच लुक्ला विमानस्थलमा रन-वेबाट चिप्लिएर दुर्घटना भएको विमान को-पाइलटले उडान गरेको आंशका गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको एक स्रोतका अनुसार जहाज (टेकअफ)का समयमा को-पाइलटको कमान्डमा रहेको थियो ।

‘टेकअफका समयका को-पाइलटलाई जहाज ह्यान्डलिङ गर्न दिनु नै दुर्घटनाको कारण हुनसक्छ,' स्रोतले भन्यो, ‘लुक्लाबाट जहाज रामेछापको मन्थली विमानस्थल आउन लाग्दा यात्रु नभएको अवस्थमा पाइलटले को-पाइलटलाई जहाज कमान्ड गर्न दिएको शंका गरिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...