पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा तीन दिनसम्म मनाईने सिरुवा पर्व मनाइँदै

प्रधानमन्त्री ओलीद्वारा शुभकामना

Oli rojgar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढङ्गले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् । “नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देश हो, मुलुकमा बसोबास गर्ने विविध जातिले मनाउने विविध प्रकारका चाडपर्वले आपसमा सद्भावको सन्देश प्रवाह गरेका छन्, अहिले मानिस एक समुदायको चाड पर्वमा अर्को समुदाय पनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्”, प्रम ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

उनले आफ्नो सन्देशमा नेपालीलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्व भएकाले हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढङ्गले मनाउनु पर्दछ भनेका छन् ।

नयाँ वर्षका रुपमा मनाइने सिरुवापर्व तीन दिनसम्म मनाइँन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिन आपसमा रङ दलेर ‘रङ्ग सिरुवा’ मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस