आजको मौसम: केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

बाँकी भूभागमा मौसम सफा रहने

Mausam fsabdroyqv

काठमाडौं।  देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भूभागमा सोमबार आंशिक देखि सामान्य बदली भएपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार राति पनि पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । केही स्थानमा राति पानी पर्ने सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...