बल्ल खुल्यो सामाजिक सञ्जाल फेसबुक

Facebook young

काठमाडौं । एकछिन मात्रै फेसबुक बन्द हुँदा कस्तो हुँदो रहेछ भन्ने बल्ल नेपालीहरुले थाहा पाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा समस्या आएपछि नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका थिए ।

आइतबार साझदेखि फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको थियो । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या आएको थियो ।

फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउने समस्याले श्विभरमा प्रयोगकर्ता समस्यामा परेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...