अपडेट: लुक्ला एअरपोर्टमा हेलिकोप्टर र जहाज ठोक्किँदा मृत्यु हुनेको संख्या ४ पुग्यो

56580467 425169968259466 5260285380736843776 n

काठमाडौं । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन्। उनको परिचय खुल्न बाँकी छ । त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ । त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ ।

समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो । त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए ।

यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ । हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...