आन्दोलनको असर : कार्यकक्ष खाली, सडकमै उपचार गर्दै चिकित्सकहरु

Bir hospital 28

काठमाडौं । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् ।

सरकारी चिकित्सक संघ (गोदान) को आन्दोलनकै बीच वीर अस्पतालको टिकट काउन्टर खुलाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनपछि वीर अस्पतालको ओपीडी (बहिंरग) सेवाको टिकट काउन्टर खोलिएको थियो ।

शुक्रबारदेखि बन्द रहेको सरकारी अस्पतालको ओपीडी सेवा खुलाउन स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, मन्त्रालयका सचिवलगायतको टोलीले पटक–पटक छलफल गरेको थियो ।

टिकट काउन्टर खोलिए डाक्टरहरुले कार्यकक्षमा नबसी सडकमै बिरामीको उपचार गरिरहेका छन् । आन्दोलनमा रहेका चिकित्‍सकहरूले भने उपचारका लागि आएका बिरामीकोहरूको समस्यालाई बुझेर अस्पतालको प्रांगणमा नै ओपिडी सेवा दिएका छन् ।

आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेका अनुसार बिरामीहरुलाई अप्ठेरो नपरोस् भनेर आफूहरूले बाहिरबाटै ओपिडी सेवा दिएको बताए ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।

चिकित्सकको आन्दोलन अघि वीर अस्पतालमा दैनिक १८ सय बिरामीले ओपीडीसेवा लिने गरेका थिए । बुधबार काउण्टर खुलेपछि३ सय बिरामीले टिकट काटेर सेवा लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस