स्वास्थ्यका २७३०२ कर्मचारीको समायोजन सुची आज साझै आउने, यसकारण भो ढिलाई !

Swasthyaaa

काठमाडौँ । मुलुक संघीय प्रणालीमा गएसँगै कर्मचारीको पनि सोहीअनुसार समायोजन कार्य चलिरहेको छ ।

निजामती कर्मचारीको समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको चालुकदार मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका मातहतका प्राविधिक र अप्राविधिक कर्मचारीहरूको समायोजन हुन सकेको छैन । समयमा नै स्वास्थ्यका कर्मचारीहरूको समायोजन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिन थालेको छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचनाअनुसार स्वास्थ्यको ११ औँ तहको वरिष्ठताको आधारमा समायोजन सूची निकाले पनि सूची सार्वजनिक भएको केहि समयपछि सरकारले पाँच अस्पताललाई संघमा राख्ने निर्णय गरेको थियो ।

पाँच अस्पताल संघमा आउने निर्णयपछि स्वास्थ्यले समायोजनको सूची संशोधन गर्न पत्र पठाएको थियो ।हालसम्म ११ औँ तह (सहसचिव)को पनि समायोजन हुन सकेको छैन ।

११ औँ तहमा १६५ जना कर्मचारी कार्यरत छन । त्यस्तै, स्वास्थ्यका ४, ५, ६ र ७ औँ तहका कर्मचारीकोकोसमेत सायोजनामा समस्या आइरहेको छ ।

तहगत आधारमा समायोजन गर्ने प्रक्रिया अगाडि बढिरहेको समयमा फेरि पदका आधारमा पनि समायोजन गर्नुपर्ने विषय आएपछि समस्या उत्पन्न भएको हो ।

मन्त्रालय स्रोतले भन्यो, ‘स्वास्थ्यको समायोजन ढिलो हुनुको कारण नै कर्मचारीहरूको समायोजन तहगत आधारमा गर्ने कि पदको आधारमा गर्ने भन्ने लफडाले नै ढिलो भएको हो ।' यसअघि पदगत र तहगत आधारमा समायोजन गर्ने विषयमा एचए र सिअहेबले आन्दोलन नै गरेका थिए ।

शैक्षिक योग्यताका आधारमा पदगत आधारमा समायोजन हुनुपर्नेमा एचएहरुको माग रहेको छ भने तहगत आधारमा समायोजन गर्नुपर्ने विषय सिअहेबको माग छ ।

यता सरकारी चिकित्सकहरूलेसमेत आफूहरूलाई कर्मचारी समायोजनमा विभेद गरिएको भन्दै आन्दोलन गरिरहेका छन ।

जसले गर्दा पनि सबै तहका स्वास्थ्यका कर्मचारीहरूलाई मिलाएर समायोजन गर्न ढिलो भएको मन्त्रालय स्रोतले बतायो । यस्तै संघीय संरचनाअनुसार फेरी स्वास्थ्य मन्त्रालयको नयाँ संरचना बनाउने निर्णयले गर्दा पनि समायोजनमा ढिलाइ हुने मन्त्रालयका एक कर्मचारीले बताए ।

उनले भने, ‘मन्त्रालयले भएका संरचनाहरूलाई केही फेरबदल गर्ने निर्णय गरेको छ जसले गर्दा अझै पनि केहि समय स्वास्थ्यको समायोजन रोकिन्छ होला ।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीको समायोजन ढिलो भए पनि अब केहि दिनमा नै समायोजनको प्रक्रिय शुरु हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘केही प्राविधिक कुराले स्वास्थ्यको समायोजन थोरै ढिला भएको हो तर आज साझ सम्ममा नै समायोजनको सूची निस्कन्छ होला । ‘

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...