कीर्तिपुरमा सशस्त्र प्रहरीका हवल्दार मृत फेला

Mirtu 98798

काठमाडौँ । सशस्त्र प्रहरी बलका हवल्दार मृत फेला परेका छन् ।

तनहुँ घर भएका वरिष्ठ हवल्दार साराबहादुर विक बुधबार बिहान कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको आयुर्वे्दिक क्याम्पसनजिक मृत फेला परेका हुन् । उनी १५ नम्बर गण कालीञ्चोकमा कार्यरत थिए ।

बिहान पौने ६ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सडकबाट केही तल घिस्रिएर ढलेको उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

विक मुटुरोगी रहेको प्रहरीले जनाएको छ । उनको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...