तीन करोड अनियमितता गरेको आरोपमा १० जनाविरुद्व मुद्दा

Adalat mudda faisala

भोजपुर । विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

षडानन्द नगरपालिका–८ विद्युत् विस्तार परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित दश जनाविरुद्ध रु दुई करोड ७९ लाख २७ हजार बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनीयर बिमल राई, असिस्टेन्ट सबइञ्जिनीयर महेश कार्की, वडा नं ८ का वडाध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठलाई जनही रु २८ लाख ९५ हजार ५०८ बिगो तोकिएको छ ।

षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने रु १८ लाख ६८ हजार बिगो तोकिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरुले आयोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी भुक्तानीसमेत लिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...