यात्रुवाहक बस दुर्घटना, ३५ जना घाइते, ३ गम्भीर

Durghatana

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ ।

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ ।

१ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जानकारी आएको खड्काले बताए ।

बस घुम्ती सडकमै पल्टिएको छ । सडकमै पल्टिए पनि सवारी आवागमनमा भने बाधा नपुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...