विराटनगर दूरसञ्चार कार्यालयका कर्मचारी मृत फेला

Mirtu 98798

विराटनगर । दूरसञ्चार कार्यालय विराटनगरका एक कर्मचारी मृत फेला परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–५ राधाकृष्ण टोलस्थित महाराजथान पैनीमा सोमबार उनी मृत्त फेला परेका हुन् ।

विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका ४२ वर्षीय प्रलाद कोइराला मृत्त फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए । कोइराला दूरसञ्चारका लाइनमेन हुन् ।

बजगाईका अनुसार पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा कोइरालाको शव फेला परेको हो ।

पैनीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार कानेपोखरी–५ बाट आइतबार साँझ विराटनगरस्थित घरतर्फ फर्किएका कोइरालाको शव सोमबार भेटिएको हो ।

अत्यधिक मादक पदार्थ सेवन गरेका कारण पैनीमा लडेपछि उठ्न नसकेर त्यहीं मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ । शवको कोसी अञ्चल अस्पताल विराटनगरमा पोस्टमार्टम गरिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...