बालुवामा गाडिएको अवस्थामा महिलाको शव फेला

Mirtu mahilaaa

मलंगवा । कविलासी नगरपालिका-७ गैरबजार भन्दा पूर्वमा रहेको झिम खोलामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ ।

खोलामा निर्माणधीन अवस्थामा रहेको पुल नजिकै बालुवामा गाडिएको अवस्थामा महिलाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिएका छन् ।

अन्दाजी २५/३० वर्षको देखिने महिलाको शव बरामद भएको निरीक्षक देवले बताए । पहिचान हुन सकेको छैन । केही दिन पहिले मात्र शवलाई गाडेको हुन सक्ने प्रहरीले जनाएको छ ।

अत्याधिक गन्हाउन थालेपछि स्थानीयले सशस्त्र प्रहरीलाई खबर गर्दा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो ।

शवलाई निकालेर पोस्टमार्टमका लागि मलंगवा ल्याइएकोे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...