दृष्टिविहीनलाई संसार देखाउँन ७४ वर्षीय भीमराजले गरे डेढ करोड रुपैयाँ दान

Nhimra j ohatak

भरतपुर । भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि भरतपुरका ७४ वर्षीय भीमराज पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर डेढ करोड रुपैयाँ दान गरेका छन् । पाठक दम्पतीका नाममा भीमराज–उषामाया पाठक आँखा बैंक स्थापना गरिएको छ ।

पाठकले आँखा बैंक सञ्चालनका लागि अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बैंक सञ्चालन गरिनेछ ।

नानी संकलन केन्द्रमा आँखाको नानी दान गर्न चाहनेलाई परामर्श दिने गरिएको छ । परीक्षण गर्न आउनेलाई आँखादानबारे जानकारी गराइन्छ ।

उनी दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिएका थिए ।

एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।

‘आँखा देखाउने काममा दान गर्न पाउँदा मन रमाएको छ’, पाठकले भने, ‘ आँखा नभएकाले संसार देखाउन पाएँ भने मेरो खुसी त्यही हो ।’

पाठक धादिङ गजुरीबाट २०१७ सालमा बसाइँ सरी चितवन आएका थिए । उनको आँखामा जलविन्दुको समस्या छ । विज्ञबाट आँखा परीक्षण गर्न योग्य भए आफूले पनि आँखादान गर्ने उनले बताए ।

उनका एक्ला छोरा अंशबन्डा लिएर अलग्गै बस्छन् । पाठकको अब भरतपुरमा चार कट्ठा जग्गा र घर बाँकी छ । जीवनको बाँकी समय सामाजिक सेवाका लागि जीवनको खर्चिने उनले बताए ।

भरतपुरमा आँखाको नानी (कोर्निया) संकलन कार्य सुरु गरिएको छ । तिलगंगा आँखा अस्पतालको सहकार्यमा नानी संकलन सुरु गरिएको हो । आँखा बैंक पूर्ण रूपमा तयार नभएकाले अहिले आँखाको नानी संकलन गरेर तिलगंगा पठाउने गरिएको छ ।

नानी संकलनका लागि विशेष तालिम प्राप्त दुई कर्मचारी खटिएका छन् । नानी दान गर्न इच्छापत्र भरेका व्यक्तिको मृत्युपछि कोर्निया संकलन गरिन्छ ।

भीमराज पाठकले भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् ।

चिकित्सकका अनुसार आँखादान गर्ने व्यक्तिको मृत्यु भएको ६ घन्टाभित्र नानी निकालि सक्नुपर्छ । आफन्तले बेलैमा खबर गरेमा नानी संकलन गर्न मिल्ने कार्य्विधिसमेत बनाइएको छ ।

चितवनमा संकलित कोर्निया प्रोसेसिङ गरी सुरक्षित राख्ने मेसिन नहुँदा अहिले काठमाडौं पठाउने गरिएको भरतपुर आँखा अस्पतालकी सहायक व्यवस्थापक छाया श्रेष्ठले बताइन् ।

‘दान गरेपछि निकालिएको नानी प्रत्यारोपणका लागि ठिक भए नभएको परीक्षणका लागि मात्र काठमाडौं पठाउँछौं’, उनले भनिन्, ‘आर्थिक अभावमा उपकरण राख्न गाह्रो भएको हुँदा अब त्यसको पनि तयारी भएको छ ।’

एघार हजार रुपैयाँमा कोर्निया प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ ।

चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेका व्यक्तिलाई नानी प्रत्यारोपण गर्न सकिन्ने कनिर्या विशेषज्ञ डा. पुष्पा गिरीले बताइन् ।

भरतपुर आँखा अस्पतालमा अहिलेसम्म दुई सय ६५ जनाले आँखा दान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...