खाना पकाउने ग्यास विस्फोट हुँदा ४ जनाको मृत्यु

Mirtu

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिवश्री हाईड्रोपावर सिआरसि ठेकेदार कम्पनीमा कार्यरत मजदुर रहेका छन् ।

हाईड्रोपावरका सल्लाहकार उमेश कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा हिजो दिउँसो साढे ४ बजेतिर सिलिन्डर ग्यास विस्फोट भएको थियो । मृतक मध्ये दुईजनाको पहिचान भएको छ । मृत्यु हुनेमा हुम्लाका २४ वर्षका सन्दुक लामा र दोलखाका २२ वर्षका फूलकाजी शेर्पा रहेका कसजुले जानकारी दिए ।

घटनापछि हिजै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी टोली गएको भए पनि सम्पर्क हुन नसकेका कारण थप जानकारी पान नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पहिचान भएका दुईजनाको शव शरिरका अंगहरु छुट्टीएको अवस्थामा भेटिएको बताइएको छ । दुईजनाको भने शव नभेटिएको र खोजी गरिरहेको पनि हाईड्रोपावरका सल्लाहकार कसजुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...