नवलपरासी जिल्ला ईन्चार्जसहित विप्लव समूहका दुई जना पक्राउ

Pakrau

नवलपरासी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका नवलपरासी जिल्ला ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  पश्चिम नवलपरासी जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दानिया छन् । दुवै जनालाई गएराती पक्राउ गरिएको हो ।

बर्दघाट नगरपालिका–४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राती घर नजिकैबाट पक्राउ परेका हुन् ।

त्यस्तै पूर्वी नवलपरासी कावासोती नगरपालीका–१५ शेरगञ्जका मर्दानियालाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।

प्रहरीले विप्लव नेतृत्वका जिल्ला स्तरका नेता तथा सक्रिय कार्यकर्ताको खोजी कार्यलाई तिव्र बनाएपछि उनीहरू अर्धभूमिगत छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...