धनकुटामा पत्रकार आँखा उपचार कार्यक्रम हुने

Dkt aakha upachar 11

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

संघको स्थापना दिवस तथा नेत्र ज्योती दिवसको अवसरमा बुधबार धनकुटामा वृहत रुपमा पत्रकारहरुको निःशुल्क आँखा उपचार कार्यक्रम संचालन गरिने संघका अध्यक्ष दोर्ण गुरागाईले बताए ।

पत्रकार आँखा उपचार कार्यक्रमअनतर्गत धनकुटाका सबै पत्रकारहरुको निःशुल्क आँखा जाच गरी निःशुल्क औषधी वितरण, निःशुल्क चस्मा वितरण गरिने संघका प्रचार प्रसार तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले बताए ।

पत्रकारहरु राज्यको महत्वपूर्ण अंग र समाजका ऐना भएकोले पत्रकार आँखा उपचार कार्यक्रमअन्तर्गत पत्रकारहरुको अत्याधुनिक मेसिनबाट निःशुल्क आँखाको शल्यक्रियासमेत गरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...