निर्वाचन आयोगमा बहालवाला सचिवको नाम सिफारीस

Dinesh thapaliya  11

काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो । निवर्तमान प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ । बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित थिए । देउवाले बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएको परिषदले जनाएको छ ।

प्रतिकृया दिनुहोस