निर्मला पन्त प्रकरण : निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित

Nirmala panta 11

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा फरार भनिएका अंगुर जिसी अदालत उपस्थित भएका छन् ।

सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप छन् । उनी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो । फरार रहेका डिएसपी जिसी अदालतले म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका हुन् ।

आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपिस्थत भए । विष्ट साँढे १० लाख धरौटी बुझाएर आइतबार रिहा भइसकेका छन् ।

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सई हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद पहिले नै अदालतमा उपस्थित भएका थिए । बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...