कर्मचारी समायोजनमा सचिबले नै यसरी हाने छिर्के, घर नजादै को-को परे फन्दामा ?

Qqqqqq

काठमाडौं । कर्मचारी समायोजनको बिषयले सिंगो प्रशाशन यन्त्र तातेको ४ महिना पुरा भयो तै पनि ‘ताप र राप’ थप फस्टाउदै छ । प्रस्ट भनौ,अझैं कर्मचारी समायोजन टुंगिएको छैन् । समायोजनको गति यति सुस्त र पट्यारलाग्दो छ,जसको महिमा गाउनै दिक्क लाग्छ ।

आजका मितिसम्म स्वास्थ्य सेवा र साविक स्थानीय निकायका कर्मचारी बाहेकका अन्य कर्मचारीहरुको समायोजन चाही सम्पन्न भैसकेको छ ।

समायोजन फागुन ३ गतेभित्रै गर्ने भनियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल मन्त्री लालबाबु पण्डित र उपल्ला कर्मचारीवाट यो अभिव्यक्ति आइरह्यो । तर निर्धा्रित समयमा समायोजन टुंगिएन् । बरु मिति सरेको सर्यै छ ।

समायोजनले धेरै कर्मचारीहरुको मनोवल त खस्केकै थियो । त्यहीमाथि पदस्थापनाको नाममा समेत मनपरी हुन थालेपछि कर्मचारीहरु थप मारमा परेको गुनासो कर्मचारी वृत्तबाटै आउन थालेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धेरै हदसम्म पदस्थापना मिलाउने प्रयास गरेको भएतापनि उसैले स्थापित गरेको जेष्ठता र रुचीको अधारलाई भने ‘आफैले धोती’ लगाएको छ । जस्ले निती बनाएर अरुलाईसमेत निर्देशन गर्नुपर्ने थियो उसैले नै बिना आधार पूरानै शैलीमा पदस्थापना गरेपछी अरुमा सो रोग सर्नु स्वभाविक भै नै हाल्यो ।

आफैँ धामी, आफैँ...
कर्मचारी वृत्तमा ‘कन्सल्ट्याण्ट सचिव’ भनेर कहलिएका सचिव दिनेश थपलियाले आफू रिटाएर्ड हुनै लागेका बेलामा अनुकुल हने गरी सरुवा मिलाएको कर्मचारीबृत्तमा गुनासो रहेको छ ।

अर्काे गाइजात्रा समयोजन भएर स्थानीय तह तथा प्रदेशमा ओलर्नेलाई २१ दिनको पुर्जी र फर्कनेलाई ६ महिनाको पुर्जा्दिने गरी अनौठो निर्णयसमेत गर्न भ्याएका छन् ।

यता लेखा समुहका कर्मचारीहरुको पदस्थापनामा समेत व्यापक चलखेल भएको गुनासो छ । त्यही कारण सो समूहका कर्मचारीहरुमा व्यापक असुन्तुष्टि देखिन थालेको छ ।

सहसचिव जगन्नाथ देवकोटाकै नेतृत्वमा मलेनिकाले पदस्थापनाको काम गर्दै अएको छ । उसले पनि कुनै आधार र मापदण्ड बेगर पदस्थापना र सरुवा सेटिंङ मिलाइरहेको देखिन आएको छ । उपसचिवको पदस्थापनामा सूचनामार्फत प्राथमिकता रोजाइ पदस्थापना र सरुवा गरेकोमा लेखा अधिकृत र सहायक कर्मचारीका हकमा भने उक्त प्रकृया अपनाउन उचित ठानेन् ।

मलेनिका स्रोतका अनुसार उपसचिवको संख्या कम रहेकोले उक्त प्रकृया सहज भएको तर अरु पदको संख्या बढी भएकाले उक्त प्रकृयामा जान अप्ठेरो परेको भनाइ रहेको छ । हिजो लेखा समुहको व्यवस्थापन मलेनिकावाट मात्र गर्नुपर्छ भनी आन्दोलन नै गरेका कर्मचारीहरु अहिलेको शैली देखेर विरक्त बनेका छन् ।

पदस्थापन समेत एकै पटक उपसचिवकै प्रकृयामा गएर सक्नुपर्नेमा किस्ता किस्तामा पदस्थापन र सरुवा गरिरहेको मलेनिकाको शैलीवाट समेत कर्मचारीहरु आतंकित बनेका छन् ।

उनीहरुलाई आफ्नो अनुकुलका सामान्य कार्यलयमा समेत पदस्थापन नहुने पो हा की भन्ने चिन्ताले भनसुन कार्यमा लागीरहनु परेको पिडित कर्मचारीहरुको गुनासो छ । यो बिषयमा सह सचिव देवकोटासँग जिज्ञासा राख्दा ‘यस्ता बिषयमा भेटेरै कुरा गरौन न’ भन्दै उनी पन्छिए ।

सहसचिवका यी यावत क्रियाकलापमा साथ दिएका छन् उपमहालेखा नियन्त्रक सुवास सिवाकोटीले । उनको चरम चाकडीवादको स्वभावका कारण धेरै कर्मचारीहरु यस अघिका सरुवामा समेत पीडित बनेका थिए । उनलाइ चाकडी पुर्याउन सक्नेहरुको सरुवा राम्रा र आकर्षक स्थानमा हुने र चाकडी नपुग्नेको माग अनुसारका सामान्य कार्यलय समेत नदिने गरेका गुनासा व्यापक भएको थियो ।

विगतमा सरुवा र थमौति गरेर आर्थिक चलखेल समेत गरेको यही समुहले अहिले समेत पुन सो कार्यको थालनी गरेको हो की भन्ने आशंका गर्न थालेका छन् यसलाई किस्तावन्दी पदस्थापनाले पुष्टि गरेको छ । जागीरको उत्तरार्द्धमा पुगेका सहसचिव जगन्नाथले हाकाहाकी आफ्ना निकटलाइ कसैको गुनासो भए म कहाँ पठाइदिनु भन्न थालेका छन ।

मलेनीका सुत्रअनुसार उनको यो उदारता देखाउनका लागी मात्र हो त्यसमा गहीरो अर्थ रहेको छ यसखालको व्यवहार कहिले कहिले पनि थिएन । समायोजन ऐनले निर्देश गरेको जेष्ठताको अधारलाई लागु गरेमा कसैको गुनासो नआउने सम्बद्ध कर्मचारीहरुको रहेता पनि त्यसरी सरुवा गर्दा आफ्नो अनुकुल नहुने हुँदा सो अनुसार सरुवा गर्न नमानेको पिडित कर्मचारीको रहेको छ ।

यसरी समग्र निजामती सेवाको केन्द्रिय निकाय र लेखा समुहको केन्द्रिय निकायकै असल रवैया नभएकै कारण समग्र कर्मचारीहरुले मेहनत गरी प्राप्त गरेको जागिरमै वितृष्णा आउने गरेको कर्मचारीहरुको गुनासो रहेको छ ।

यी नै निकायहरुले प्रदेश सरकार र स्थानीय सरकारका लागी समेत मापदण्ड बनाइ सुझाव गर्नुपर्नेमा आफै बेथीतीका नायक भइरहेका छन् यसमा केही सिमित स्वार्थी कर्मचारीका कारण समग्र संस्था नै बदनाम गराउन लागीपरेका छन् ।

प्रतिकृया दिनुहोस