किशोरी बलात्कारको आरोपमा पर्यटन व्यवसायी र बैंक प्रबन्धक पक्राउ

Balakrit

वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष पनि हुन् ।

ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार छिमेकमा घरेलु कामदारको रुपमा कार्यरत कक्षा ८ मा पढ्दै आएकी किशोरी बिहीबार अकस्मात हराएकी थिईन् । हराएको सूचना आएपछि प्रहरीले खोजतलास गर्यो ।

शुक्रबार बिहान उनलाई साथीको घरबाट उद्धार गरी सोधपुछ गर्ने क्रममा आफू उक्त घरमा जान नसक्ने बताएपछि घटना बाहिर आएको हो ।

किशोरीले आफूमाथि श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको प्रारम्भिक बयान दिएपछि प्रहरीले शुक्रबार नै दुवैजनालाई पक्रेको हो ।

दुबैलाई छुट्टाछुट्टै मुद्दा चलाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...